अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या आठ लाख नाघ्यो

मंसिर २९, काठमाडौँ । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ । कोरोना संक्रमणबाट हिजोसम्म अमेरिकामा आठ लाख चार सय जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

अमेरिकामा अहिलेसम्म पाँच करोड जना भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाका कारण पहिलो व्यक्तिको मृत्यु भएको ६ सय ५० दिनमा ८ लाख जनाको मृत्यु हुनुले निकै भयावह अवस्था देखाएको जनस्वास्थ्य विज्ञहरुलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । मृत्यु हुनेमध्ये धेरैजसो बृद्धबृद्धा र खोप नलगाएका नागरिक रहेका छन् ।

जोन्स हप्किन्स ब्लुमबर्ग विश्वविद्यालयका महामारीविद् डाक्टर केरी अल्थोपले कोरोनाविरुद्ध नागरिकको प्रतिरोधात्मक क्षमता नबढाएसम्म नयाँ लहर र मृत्युलाई रोक्न नसकिने बताए। अमेरिकामा कोरोनाका कारण दोस्रो विश्वयुद्धमा भन्दा दोब्बर धेरै नागरिकको मृत्यु भएको खबरमा उल्लेख छ । अमेरिकापछि सबैभन्दा धेरै ब्राजिलमा ६ लाख १६ हजार र भारतमा चार लाख ७५ हजार जना भन्दा धेरैको मृत्यु भएको छ ।

संम्बन्धित समचार

Leave a Reply