यतीले सुरु गर्‍यो पहिलो पटक ईलेक्ट्रोनिक ब्यागेज ट्याग

पुस १०, काठमाडौं । नीजि क्षेत्रको हवाईसेवा प्रदायक यती एयरलाईन्सले आन्तरिक वायुसेवामा पहिलो पटक ईलेक्ट्रोनिक ब्यागेज ट्याग प्रयोगमा ल्याएको छ । अब यतीको जहाजमार्फत काठमाडौंबाट यात्रा गर्ने यात्रुहरुको लगेज तथा सामानमा इलेक्ट्रोनिक ट्याग हुनेछ ।

अन्तरास्ट्रिय उडान गर्ने हवाई सेवा प्रदायक कम्पनीहरुले भने पहिलेदेखि नै यसको गर्दै आएका थिए । तर, आन्तरिक उडानमा भने यस्तो सेवा सुरु गर्ने यती एयर पहिलो हवाई सेवा प्रदायक बनेको छ । यतीले इलेक्ट्रोनिक बोर्डिङ पासको सुरुवात पनि गरिसकेको छ ।

हाल सुरु भएको इलेक्ट्रोनिक ट्यागमा गन्तव्य स्थान, फ्लाइट नम्बर, ट्याग नम्बर, यात्रुको नाम र बारकोड उल्लेख हुनेछ । यात्रु चेक ईन गर्दा यात्रुको बोर्डिङ पाससँगै सामानको ट्याग पनि कम्प्युटर प्रणालिबाट प्रिन्ट भएर आउने छ ।

संम्बन्धित समचार

Leave a Reply