भोली सार्वजनिक बिदा

पुस १४, काठमाडौं । सरकारले पुस १५ गते बिहिबार देशभर नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहिबार गुरुङ जातिको चाड तमु ल्होसार परेकोले उक्त दिन देशभर नै विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयको सिफारिसमा सरकारले विदा दिने निर्णय गरेको हो । सरकारले सार्वजनिक विदा दिएसंगै देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कूटनीतिक नियोगहरुमा समेत विदा हुने छ ।

प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।

संम्बन्धित समचार

Leave a Reply