नागढुंगा–दहचोक सुरुङमार्ग: ३२ प्रतिशत काम सकियो,१९ सय मिटर सुरुङ खनियो

पुस १७,काठमाडौँ । देशकै पहिलो सुरुङमार्गको काम हालसम्म ३२ प्रतिशत सम्पन्न भएको छ । सुरुङमार्ग कन्सल्टेन्ट अफिसका डेपुटी टीम लिडर अच्युत भट्टका अनुसार नागढुङ्गा र दहचोक दुवैतर्फ गरेर १९ सय मिटर सुरुङ खन्ने काम सकिएको छ ।

सुरुङ निर्माण भएको ४२ महिनाभित्र काम सम्पन्न हुनुपर्ने भए पनि विगतको कोभिड–१९ को महामारीका कारण भएको पूर्णकालीन लकडाउन हुँदा कार्य अवधि थप लम्बिएको छ । कार्यअवधि थप ८६ दिन थपिएको हो, यो समयभित्रै सुरुङमार्गको काम सम्पन्न हुने कोसिस भइरहेको उनको भनाइ छ ।

पश्चिमी किनारको मेन टनेलको सुरुङ हो । यो सकिँदासम्म साढे तीन मिटरको बाटो बन्नेछ । सुरुङमार्गमा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आवश्यक ठाउँमा सुरक्षाकर्मी र आवश्यक जनशक्तिहरु निरन्तर खट्ने व्यवस्था मिलाइनेछ । सुरुङमार्गमा फायर फाइटिङ, इलेक्ट्रिसिटीको व्यवस्थापनका मिलाइने गरी निर्माण कार्य भइरहेको छ ।

तर, यस मार्गमा ओभरलोडेड, ज्वलनशील पदार्थ बोकेको सवारीसधान र मोटरसाइकल जस्ता यातायातको साधनमा भने रोक लगाइने भट्ट बताउछन् ।
सुरुङको मेन टनेलको दैनिक तीनदेखि चार मिटरसम्म र अर्को सुरुङको पाँचदेखि छ मिटरसम्म खन्ने काम भइरहेको छ । सुरुङमार्ग निर्माणमा छ सय नेपालीसहित केही जापानी कामदारहरु छन् ।

संम्बन्धित समचार

Leave a Reply