श्रीमान बाट श्रीमतीको घाँटी थिची हत्या

पुस १९, रुकुम।  रुकुम पूर्वमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । बाँफिकोट गाउँपलिका(९ की २६ वर्षकी कमला खनालको हत्या आरोपमा उहाँका श्रीमान दिपक खनाल भन्ने दलजित खनाल पक्राउ परेका हुन् ।

गएको शुक्रवार राति आफ्नै कोठामा झुण्डिएको अवस्थामा कमलाको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले अनुसन्धानका क्रममा दलजितले घाँटी थिचेर श्रीमतीको हत्या गरेको खुल्न आएको बताउनु भएको छ ।

खनालले रक्सी खाएर श्रीमतीको हत्या गरी सलले झुण्याइ दिएको बयान दिएका प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।
जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply