राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त

पुस २२, काठमाडौ । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन्  । हिजो बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार वर्षका लागि कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले जानकारी दिए ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको अध्यक्षतामा गठित तीन सदस्यीय सिफारिस समितिको सिफरिसमा बस्नेतलाई परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त गरिएको हो । सरकारले २०७२ सालमा राष्ट्रिय युवा ऐनमार्फत युवाको क्षेत्रमा काम गर्नका लागि परिषद् गठन गरेको हो ।

यसअघि परिषद्को कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल रहनुभएको थियो । झापाको दमक स्थायी घर भएका बस्नेतले पत्रकारिता र राजनीतिशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply