भारतमाथि दक्षिण अफ्रीकाको जित

पुस २३, एजेन्सी । घरेलु टोली दक्षिण अफ्रीकाले दोस्रो टेस्टमा भारतलाई हराएको छ । जोहन्सवर्गमा बिहीबार दक्षिण अफ्रीकाले भारतलाई ७ विकेटले हराएको हो ।

भारतबाट प्राप्त २ सय ४० रनको लक्ष्य दक्षिण अफ्रीकाले ३ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रीकाका लागि कप्तान डीन इल्गरले ९६ रनको अर्धशतकीय इनिङ्स खेले ।

भान डेर डुसेनले ४० रन जोड्दा एडिन मार्क्रमले ३१ रन जोडे । किगन पिटर्सनले २८ रन जोड्दा टेम्बा बाभुमाले अविजित २३ रन बनाए ।

भारतका मोहमद शामी,शार्दुल ठाकुर र रविचन्द्र आश्विनले १/१ विकेटल लिए ।

यस अघि पहिलो इनिङ्समा दक्षिण अफ्रीकाले अलआउट हुँदै २ सय २९ रन बनाएको थियो ।

भारतले पहिलो इनिङ्समा २ सय २ रन जोडेको थियो । दोस्रो इनिङ्समा भारतले २ सय ६६ रन जोडेपछि दक्षिण अफ्रीकाले सामान्य लक्ष्य पाएको थियो ।

यस जितसँगै दक्षिण अफ्रीकाले ३ खेलको सिरिजमा १/१ को बराबरी गरेको छ । पहिलो टेस्ट भारतले जितेको थियो ।

संम्बन्धित समचार

Leave a Reply