कक्षा ११ को ग्रेड वृद्धिको परीक्षाफल प्रकाशित

पुस २३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ । असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षार्थीहरूको परीक्षाफल प्रकाशन भएको हो ।

परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए । जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी लिए । बोर्डका अनुसार ७९.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै कक्षा १२ को ग्रेड वृद्धि माघ २ र ३ गते गर्ने भएको छ ।

संम्बन्धित समचार

Leave a Reply