स्पेनिस ला लिगाः रियलले भ्यालेन्सियालाई हरायो

पुस २५, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई ४-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र जुनियर भिनिसियसले दुई दुई गोल गरे । खेलको ४३ औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

५२ औं मिनेटमा भिनिसियसले गोल गर्दा रियलको अग्रता दोब्बर बन्यो । भिनिसियसले ६१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए ।

खेलको ७६ औं मिनेटमा भ्यालेन्सियाका गुएडेसले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८८ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-१ को जित दिलाए ।

जितसँगै रियलले अंक तालिकामा आठ अंकको अग्रता बनाएको छ । रियलले २१ खेलमा ४९ अंक जोडेको छ । दोस्रो स्थानको सेभियाको ४१ अंक छ । भ्यालेन्सिया २८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply