प्रधानमन्त्री कप टी-२० : आर्मी क्लब विजयी

पुस २६, काठमाडौँ । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज सोमवार भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले हरायो । आर्मीले कर्णाली प्रदेशलाई एक सय १७ रनको लक्ष्य दिएको थियो । जवाफमा कर्णाली प्रदेश १४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटियो ।

कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले १६ र कप्तान रविन्द्र शाहीले १५ रन जोड्नुबाहेक अरू खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । प्रकाश जैसीले आठ रन जोडे भने निश्चल रावलले दुई तथा दिनेश अधिकारी र हिमांशु शाहीले एकरएक रन जोडे ।

कर्णाली प्रदेशलाई कम रनमै रोक्न आर्मीका जीतेन्द्र मुखियाले चार विकेट लिए भने सुशन भारीले र साहब आलमले दुईरदुई विकेट लिए । सोमपाल कामी र विक्रम सोबले एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय १६ रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले २९ रनको योगदान गरे भने हरि चौहानले २० रन जोडे ।

त्यसैगरी रोहित पौडेल र कुशल मल्लले समान १०/१० रन जोडे । सोमपाल कामी नौ रनमा आउट हुँदा जीतेन्द्र मुखिया आठ रनमा अविजित रहे । बलिङतर्फ कर्णालीका प्रकाश जैशीले तीन विकेट लिए । अनुज चुनराले दुई तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले एकरएक विकेट लिए ।

संम्बन्धित समचार

Leave a Reply