प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट: कर्णाली प्रदेशले प्रदेश–१ लाई हरायो

पुस २७,काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश एकलाई हराएको छ ।

काठमाण्डौको मूलपानी क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा कर्णालीले प्रदेश एकलाई ३१ रनले हराउँदै पहिलो जित निकालेको हो । यसअघि हिजो भएको आफ्नो पहिलो खेलमा कर्णाली त्रिभुवन आर्मी क्लबसँग ६३ रनले पराजित भएको थियो ।

आजको खेलमा कर्णालीले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश एक १७ ओभर ५ बलमा ८९ रनमा अलआउट भयो । प्रदेश एकका लागि फिर्दोश अन्सारीले सर्वाधिक २३ रन जोडे।

कर्णालीका अनुज चुनाराले ४, दिवान पुनले दुई तथा दिनेश अधिकारी, प्रकाश जैसी र अनुप कुँवरले एकरएक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनायो ।

कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३६ तथा प्रकाश जैसीले २५ रन जोडे । प्रदेश १ का मुकुन्द यादवले तीन, फिर्दोस अन्सारीले दुई तथा कमल खत्री र सिद्धान्त लोहनीले एकरएक विकेट लिए ।

संम्बन्धित समचार

Leave a Reply