नेकपा (एस)का अध्यक्ष नेपाललाई कोरोना सङ्क्रमण

पुस २७,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसको मिल्दोजुल्दो लक्षण देखिएपछि अध्यक्ष नेपालको हिजो सोमवार कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनलाई आज मङ्गलवार कोरोना पुष्टि भएको हो ।

अहिले उनी घरमै आइसोलेशनमा बसिरहेका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठलगायतलाई कोरोना पुष्टि भएको थियो । उनीहरू पनि होम आइसोलेशनमा छन् ।

संम्बन्धित समचार

Leave a Reply