राष्ट्र बैंकले आजको लागि ताकेको विदेशी मुद्राको विनिमयदर

पुस २८,काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम ११७ रुपैयाँ ९६ पैसा र बिक्री दर ११८ रुपैयाँ ५६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ५४ पैसा र बिक्री दर १६१ रुपैयाँ ३६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रीदर ९३ रुपैयाँ ८१ पैसा छ । जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ २२ पैसा र बिक्री दर १० रुपैयाँ २८ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्री दर १८ रुपैयाँ ६० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३१ रुपैयाँ ४२ पैसा र बिक्री दर ३१ रुपैयाँ ५८ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

संम्बन्धित समचार

Leave a Reply