कोरोना अपडेट: थप ३ हजार ५ सय ५३ जनामा सङ्क्रमण पुष्टि

पुस २९,काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार ८१ जनाको नमुना परीक्षण गर्दा तीन हजार पाँच सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ७१ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १५ हजार तीन सय ४७ जना पुगेको छ ।

यही अवधिमा एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय १० पुगेको छ । अहिले नेपालमा १४ हजार तीन सय ४० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख ५६ हजार चार जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply