प्रधानमन्त्री देउवा नियमित काममा फर्किए , आजै मन्त्रिपरिषद् बैठक बस्ने

पुस ३०,काठमाडौँ । एक हप्ताभित्र दोस्रो पटक कोभिड परीक्षण गराउँदा नेगेटिभ आएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारबाट नियमित काममा फर्किएका छन्।
शुक्रबारलाई मन्त्रीपरिषदको बैठक पनि बोलाइएको छ भने सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हुने अरु कार्यक्रममा पनि प्रधानमन्त्री देउवाले सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

बिहीबार गरिएको कोभिड परीक्षणमा पनि प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको छ भने यस अघि गत सोमबार गरिएको परीक्षणमा पनि नेगेटिभ आएको थियो ।
गत शनिबारदेखि राजनीतिक भेटघाट, औपचारिक कार्यक्रमलाई स्थगित गर्दै आइसोलेसनमा बसेका देउवा आजबाट सबै कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

सर्वदलीय तथा सत्ता गठबन्धनका बैठकमा सँगै सहभागी भएका नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सहित केही नेताहरुमा कोभिडको लक्षण देखिएपछि प्रधानमन्त्री देउवाले गत शनिवारबाट प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबारका सबै कार्यक्रम स्थगित गरेर आइसोलेसनमा बसेका थिए ।

संम्बन्धित समचार

Leave a Reply