तिप्लीङमा डोजरसँगै पुरिएका ३ जनाको अवस्था अझै अज्ञात !

पुस ३०,काठमाडौँ । धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजरसँगै पुरिएका ३ जनाको अवस्था अझै अज्ञात छ । बिहिबार विहान डोजरमा सवार चालकसहित ३ जना बेपत्ता भएका थिए ।

बेपत्ताहरुको खोजीका लागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

नेपाली सेनाको मेजरको कमाण्डमा २० जना, सशस्त्र प्रहरीको इन्स्पेक्टरको कमाण्डमा ११ जना र नेपाल प्रहरीका ५ जना सुरक्षाकर्मी घटनास्थलमा खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply