यी ५ जिल्लामा ह्वात्तै बढ्यो कोरोना

पुस ३०,काठमाडौँ । नेपालका पाँच जिल्लामा कोभिड–१९ (कोरोना भाइरस) का सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ र कास्कीमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ ।

यस्तै दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका जिल्ला ६ वटा छ । मन्त्रालयका अनुसार सुनसरी, चितवन, मकवानपुर, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा धेरै छ ।

यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको जिल्ला मुगु मात्रै छ । केही दिनयता नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर बढेको छ ।

संम्बन्धित समचार

Leave a Reply