मौसमः सामन्य बदली, बर्षाको सम्भावना

माघ १, काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल प्रदेश १ र सुदूर पश्चिम प्रदेशमा सामन्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू(भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार शनिबार राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ ।

संम्बन्धित समचार

Leave a Reply