पीएसजीले ब्रेस्टलाई हरायो

माघ २, एजेन्सी । फ्रान्सको लिग वान अन्तर्गत शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित दर्ता गरेको छ । लियोनल मेसी र नेयमारविना मैदानमा उत्रिएको पीएसजीले ब्रेस्टलाई २–० ले पराजित गरेको हो ।

पीएसजीको जितमा एम्बाप्पे र थिलो केहररले एक–एक गोल गरे । एम्बाप्पले खेलको ३२ औ मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । केहररले ५३ औ मिनेटमा पीएसजीको अग्रता दोब्बर बनाए ।

लिग वानअन्तर्गत पीएसजी लगातार १२ खेलमा अपराजित रहदै आएको छ । लिगमा पीएसजीले २१ खेलमा ५० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको नाइसको २१ खेलमा ३९ अंक मात्र छ ।

संम्बन्धित समचार

Leave a Reply