पीएम कप टी–२० राष्ट्रिय क्रिकेट: बागमतीलाई ५० रनले पराजित गर्दै पुलिस उपाधि नजिक

माघ ४,काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।

जितका लागि १५६ रनको लक्ष्य पछ्याएको बागमती निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०५ रनमा सीमित भयो । बागमतीका आदिल खानले सर्वाधिक २७ रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २३ रनको योगदान गरे ।

पुलिसका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक पाँच विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १० रन खर्चिए । यस्तै सागर ढकालले दुई तथा आरिफ शेखले एक विकेट लिए ।

संम्बन्धित समचार

Leave a Reply