कोरोना बिमाको भुक्तानी कहिले ? बिमा कम्पनीमाथी प्रभावितको विश्वास टुटदै !

माघ ५,काठमाडौँ । कोभिड महामारीको पहिलो चरणमा नै कोरोनाका बिरामीलाई बिमा गरेबापत एक लाख रुपैँया दिने घोषणा दुई बर्ष बित्न लाग्दा पनि पुरा भएको छैन् । बिमा कम्पनीले सो घोषणा आफैले गरेका हुन् ।

कोरोना बिमा मापदण्ड २०७७ मा साढे तीन अर्ब रुपैंयाभन्दा माथिको रकम सरकारले ब्यहोर्ने प्रष्ट व्यवस्था छ । २०७७ कै साउन १६ गते अर्थ मन्त्रालयले साढे तीन अर्ब रुपैंयाभन्दा माथि ब्यहोर्ने सचिवस्तरीय निर्णय भएको थियो । तर, कोरोना बिमा बापत सरकारले ब्यहोर्नुपर्ने रकम ११ अर्ब ८२ करोड पुगेको छ । यो रकम कहिले भुक्तान हुन्छ, अर्थ मन्त्रालयसँग स्पष्ट जवाफ नै छैन ।

बिमा समितिका अनुसार १ लाख ६१ हजार ५ सय ४९ जनाले कोरोना बिमा दाबी गरेका छन् । यो दाबी अनुसार बिमा कम्पनीले भुक्तान गर्नुपर्ने रकम १५ अर्ब ३२ करोड रुपैंया हुन आउँछ ।

बिमा कम्पनीहरुले एक अर्ब २८ करोड र कोरोना बिमाको लागि स्थापना गरेको कोष अर्थात पुलबाट ३ अर्ब ५० करोड भुक्तान भएको छ ।

२०७६ सालमै कोभिड विमा गरेका व्यक्तिहरुले अहिले पनि पैसाका लागि धाइरहनु परेको छ । रकम भुक्तानीमा सरकारी ढिलाईले बिमा क्षेत्रमा उब्जाएको बिश्वासको संकटको क्षति कसले ब्यहोर्ने ?

बिमा कम्पनीमाथी प्रभावितको विश्वास टुटदै !

काठमाडौँ महानगर १४ का घनश्याम रिजालले कोरोना बिमामार्फत पाउनुपर्ने  १ लाख रुपैया अहिलेसम्म नपाएपछि बिमाप्रति नै अविश्वास बढेको बताए । उनले भने-‘मैले कोरोना बिमा गरेँ,त्यसबापतको प्रिमियम पनि तिरेको छु ,बिमा कम्पनीमा त्यही पोलेसीबाट कसैले रकम पाउने,कोहीले नपाउने भन्ने हुन्छ ? यसको उत्तर की बिमा कम्पनीले दिन पर्यो की सरकारले दिन पर्यो’

त्यस्तै धादिङका रविन्द्र तिवारीले पनि अहिलेसम्म कोरोना बिमा बापतको १ लाख रुपैया पाएका छैनन् । तिवारी पनि सम्बन्धित निकायले मौनता र लाचारीपनको कारण आफुहरुले कोरोना बिमाबापतको रकम नपाएको गुनासो गर्छन् । तिवारी भन्छन् -‘बिमा बापतको रकम नपाए बिमा कम्पनीमा ताला लगाउन सम्पुर्ण पिडित तयारी अवस्थामा रहेका छौँ,उनिहरुले ठुलो मुल्य चुकाउन पर्नेछ’ । उनले बिमा कम्पनीले नाफा मात्रै हेरेको र यसप्रति जिम्मेवार नभएको पनि बताए ।

संम्बन्धित समचार

Leave a Reply