‘सुटिङ रोक्ने विषयमा सरकारले कुनै निर्णय गरेको छैन्’: चलचित्र विकास बोर्ड

माघ ५,काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले सरकारले फिल्मको सुटिङ रोक्ने विषयमा कुनै निर्णय नगरेकाले स्वास्थ्य मापदण्ड अपनाएर छायांकन गर्न आग्रह गरेका छन् । छायांकनको समयमा कुनै रोकटोक भए आफूलाई सम्पर्क गर्न उनको आग्रह छ ।

उनले भने, ‘२५ जनाभन्दा बढी भेला हुन नपाइने सरकारको निर्णय हो । फिल्मको सुटिङमा पनि यो कुरा चाहिँ लागू हुन्छ । तर, सुटिङ नै रोक्ने विषयमा सरकारले कुनै निर्णय नगरेकाले ढुक्क भएर सुटिङ गर्दा हुन्छ । तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड चाहिँ अपनाउनु होला ।’ सावधानी र सतर्कता अपनाएर यो समयमा पनि फिल्म क्षेत्रलाई चलायमान बनाउनु पर्ने उनको धारणा छ ।

अहिले सुवर्ण थापाको निर्देशन रहेको फिल्म ‘म’ को छायांकन भइरहेको छ । त्यस्तै, एक सातादेखि फिल्म ‘लाखे’ पनि छायांकनमा छ । सरकारले कुनै पनि बेला लकडाउन वा सुटिङ रोक्न निर्देशन दिन सक्ने भएकाले यतिबेला धेरै निर्माता तथा निर्देशकहरु पर्ख र हेरको अवस्थामा छन् । किनकि, सुटिङ अधुरैमा रोक्नु पर्ने अवस्था आयो भने निर्मातालाई आर्थिक रुपमा ठूलो मार पर्नेछ ।

संम्बन्धित समचार

Leave a Reply