भक्तपुर जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द

माघ ६,काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिइन् ।

कोभिड-१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी पनि कोभिड-१९ बाट सङ्क्रमित भई उपचार र आइसोलेशनमा बस्नु परेकाले प्रशासनले यस्तो निर्णय गरेको हो ।

अत्यावश्यक सेवा लिन चाहने सेवाग्राहीलाई अनिर्वाय रूपमा मास्क लगाएर, स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गरी साथमा खोप कार्ड वा मोबाइलमा कार्डको फोटो लिएर लिएर आउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्दै आएको शान्ति सुरक्षा, मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा अहिलेलाई स्थगन गरेका छौँ’, प्रजिअ शर्माले भनिन्, ‘कर्मचारी तथा सेवाग्राहीको नियमित र प्रत्यक्ष सम्पर्क हुने नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी फाँटका सेवा अर्को सूचना जारी नभएसम्म स्थगन गरेका छौँ।’

संम्बन्धित समचार

Leave a Reply