आहा रारा गोल्डकप आजदेखि पोखरामा सुरु

माघ ६,काठमाडौँ । आहा रारा गोल्डकप आजदेखि पोखरामा सुरु भएको छ । उद्घाटन खेलमा अहिले पोखरा रंगशालामा आयोजक सहारा क्लब र विभागीय टोली एपीएफ क्लब खेलिरहेका छन् ।

प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगितामा आयोजक सहारासहित एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, संकटा, थ्री स्टार, मनाङ मर्स्याङ्दी, मछिन्द्र, हिमालयन शेर्पा र बीवाईएसी मिनेसोटा यूएसए सहभागी छन् ।

मोफसलको प्रतिष्ठित प्रतियोगिताको यो २० औँ संस्करण हो । तर यसपाली कोरोना सङक्रमण जोखिमका कारण दर्शकलाई अनुमति छैन । प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेता टिमले ५ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।

संम्बन्धित समचार

Leave a Reply