धादिङबाट युवा संघ नेपालको केन्द्रिय आयोजक कमिटीमा ६ जना चयन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ माघ ९, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ९,काठमाडौँ । राष्ट्रिय युवा संघ, नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पूर्ण बैठक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपालका सह–इन्चार्ज तथा केन्द्रीय अध्यक्ष एवं संयोजक किरण पौडेलको अध्यक्षता, केन्द्रीय उपाध्यक्ष एवं नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारी, स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल, पोलिट्ब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतको विशेष आतिथ्यता, साथै केन्द्रीय सदस्य एवं संघका पूर्वअध्यक्ष राजिब पाहारी, केन्द्रीय सदस्य तथा संघका सह–इन्चार्ज गोविन्द थापा र केन्द्रीय सदस्य तथा संघका सह–इन्र्चाज सञ्जीव झा को आतिथ्यता, संगठनका पदाधिकारी, स्थायी कमिटी सदस्य र सचिवालय सदस्यहरूको उपस्थितिमा कास्कीको सुन्दर पर्यटकीय नगरी पोखरामा २०७८ पौष २८–३० मा सम्पन्न भएको थियो ।
जसमा धादिङबाट केन्द्रीय  आयोजक कमिटिमा ६ जना चुनिएका छन् । संघका महासचिव रहेका रमेश आचार्य १३ जना रहने कार्यालय बिभागमा रहेका छन् भने स्कुल तथा नेतृत्व विकास बिभागको प्रमुख समालेका छन् । संघका सचिव रहेका बिष्णु हरि त्रिपाठी सूचना तथा प्रविधि विभागको प्रमुख भएका छन् ।

धादिङ ईन्चार्जमा दिपक खतिवडा तोकिएको छ । त्यस्तै स्वतन्त्र पन्डित, बसन्ता पाण्डे, संजिव पाण्डे आयोजक कमिटीमा रहेका छन् । त्यस्तै बाबु छत्कुल्लीले केन्द्रीय निर्वाचन आयोगको उपप्रमुखको जिम्मेवारी पाएका छन् । त्यस्तै बागमाती प्रदेश कमिटी सचिवमा मोदनाथ सिलवाल (सन्तोष) र कोषाध्यक्षमा बासु बिडारी चुनिएका छन् भने धादिङ संयोजकमा काजी श्रेष्ठ चुनिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस