राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, भोली ९ बजेदेखि मतदान

माघ ११, काठमाडौं । निर्वाचन आयोगले भोलि (माघ १२ गते) हुने राष्ट्रिय सभा सदस्यको मतदानका लागि सातवटै प्रदेशमा आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त १९ स्थानका लागि बुधबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदै छ । मतदानका लागि जिल्ला–जिल्लाबाट मतदाताहरू सम्बन्धित मतदान केन्द्रमा आउने क्रमसमेत सुरु भएको छ ।

आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । प्रत्येक मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित अधिकतम १० जना कर्मचारी परिचालन गरिएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले बताए । आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको सहायक प्रवक्ता धमलाले जानकारी दिए ।

सातवटा प्रदेशमा कुल दुई हजार २५ जना मतदाता छन् । यस निर्वाचनमा ५३२ प्रदेश सभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । आयोगका अनुसार प्रदेशमा कायम रहेका मतदाता संख्याको १० प्रतिशत बढी मतपत्र पठाइएको छ ।

प्रदेश १ को विराटनगरमा मतदान हुनेछ भने मधेस प्रदेशको राजधानी जनकपुरधाममा मतदान हुनेछ । बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यको मतदान हेटौँडामा हुनेछ । यहाँ दुईवटा मतदान केन्द्र बनाइएको छ ।

संम्बन्धित समचार

Leave a Reply