थप १२,००८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

माघ ११, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार आज २५ हजार ९ सय ९ जनाको परीक्षण गरिएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ पुगेको छ । आज ८७ हजार १ सय १७ जना होम आइसोलेसनमा छन् भने १ हजार ८ सय १७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयको विवरणअनुसार २ सय ४५ जना आइसियु र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply