कर्णाली प्रदेश सभामा सर्वसाधारणलाई सहभागि गराइने

माघ १४, काठमाडौँ । कर्णाली प्रदेश सभा सर्वसाधारणका लागि खुला गरिने भएको छ । अबदेखि हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि कर्णाली प्रदेश सभा खोलिनेछ ।

प्रदेश सभा सचिवालयका अनुसार प्रत्येक महिनाको १५ र २९ गते संसद् खुलाइनेछ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

सर्वसाधारणको लागि प्रदेश सभा खुल्ने भएपछि प्रदेश सभा के कस्तो छ र बैठक गर्ने ठाउँ कस्तो हुनछ भन्नेबारे सर्वसाधारण नागरिकले प्रत्यक्षरूपमा अवलोकन गर्न पाउने भएका छन् । देशका सातवटा प्रदेश मध्ये सर्वसाधारण नागरिकलाई संसद अवलोकनको सुविधा लिन लागेको कर्णाली पहिलो प्रदेश हो ।

संम्बन्धित समचार

Leave a Reply