रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी

माघ १६,काठमाडौँ । जनकपुरधामस्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा पूर्व कर्मचारीले दोस्रो चरणको आन्दोलनमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनीले पुराना कर्मचारीलाई बिनाकारण निकालेको भन्दै रेल्वेका पुरानो कर्मचारी संघर्ष समितिले बिहीबारदेखि जनकपुरधामस्थित रेल्वे स्टेशनमा रहेको नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेको हो ।

कम्पनीका महाप्रबन्धक निरञ्जन झाले पुराना कर्मचारीलाई बिनाकरण निकाली नयाँ कर्मचारी नियुक्त गरी तालिम सञ्चालन गर्दैआएकोले सो तालिम सञ्चालन रोक्न र पुराना कर्मचारीलाई पुनर्वहालीको माग राख्दै कर्मचारीहरु आन्दोलन गरिरहेको बताए । दुई सातादेखि धर्ना, प्रदर्शन गर्दै आएपनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेको समितिले जनाएको छ ।

संघर्ष समितिले मुख्यमन्त्री कार्यालय, मधेसको भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र समेत बुझाएको छ । कम्पनीका महाप्रबन्धक झाले रेल सञ्चालनका लागि पुस २७ मा ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेपछि विगतमा रेलसम्बन्धी तालिम लिएका कर्मचारीहरु आन्दोलनमा उत्रेको बताए ।

संम्बन्धित समचार

Leave a Reply