प्रदेश १ मा जम्बो मन्त्रिपरिषद गठन

माघ २३, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रदेशमा रहेका सात मन्त्रालय फुटाएर १३ मन्त्रालय बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसमा एक जना राज्यमन्त्री रहेका छन् भने १२ जना मन्त्री रहेका छन् ।

आइतबार थपिएका मन्त्रीहरुमा इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला तथा योजना मन्त्रालय, हिमाल कार्कीले सडक पूर्वाधार तथा शहरी विकास, केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यस्तै जयराम यादव स्वास्थ्य मन्त्री, रामकुमार राई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, राजन राई सामाजिक विकास मन्त्री, खिनु तङवा लिम्बु पर्यटन तथा संस्कृति, झलकबहादुरमगर, शेखरचन्द्र थापा वन, वातावरण तथा भूसंरक्षण र ओमप्रकाश सरावागी उद्योग, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै प्रताप प्रकाश हाङगाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उपेन्द्रप्रसाद घिमिरेलाई यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । विष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् ।

संम्बन्धित समचार

Leave a Reply