सरकारी अनुदानको भैँसी बिक्री, गोठ रिट्टै

माघ २३, सल्यान । सल्यानमा सरकारी अनुदानको चरम दुरुपयोग भएको पाइएको छ । अनुदान पाएका कृषि फार्मले अनुदानको रकमबाट किनेका भैँसी बिक्री गरेको खुलासा भएको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट अनुदान पाएका शारदा नगरपालिका–५ मा रहेको छहरेखोला कृषि कम्पनी र सिद्धकुमाख गाउँपालिका–१ बाँझकाँडामा रहेको बस्नेत भैँसी फार्मले अनुदानको रकमबाट खरिद गरिएका भैँसी बिक्री गरेको हो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट भैंसीपालनका लागि प्राप्त २० लाख रुपैंया अनुदानबाट रातामाटा छहरेखोला कृषि कम्पनी प्रालिले ४७ वटा भैँसी पालन गरिएको थियो । तर, अहिले गोठ रित्तै छ ।

कम्पनीका सञ्चालक लालबहादुर कुमाईले सुरुमा राम्रै आम्दानी भए पनि पछिल्लो समयमा घाटा हँुदै गएपछि भैँसी बिक्री गर्नु परेको स्वीकारेका छन् ।

यस्तै, सिद्धकुमाख गाउँपालिका–१, बाँझाकाँडामा रहेको बस्नेत भैँसी फार्मलाई पनि पाँचवटा भैँसी अनुदान दिइयो । तर अहिले यो फार्ममा पनि कुखरापालन गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply