डोटीमा चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको बढ्दै

फागुन २,डोटी। जिल्लामा परेको हिमपातका कारण चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ । यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक आइजङ्ग कुँवरले बताए ।

उनका अनुसार अहिले जिल्ला अस्पतालमा दैनिकजसो ३० देखि ४० जनासम्म रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । उपचार गर्न आउनेमा बालबालिका तथा वृद्धवृद्धा बढी छन् । जिल्लामा केही दिन यतादेखि रुघाखोकी तथा ज्वरोका बिरामी बढेपछि घरैमा पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान चिकित्सकले सल्लाह दिएका छन् ।

संम्बन्धित समचार

Leave a Reply