लगानीको वातावरण बन्दै : आईएफसीले नेपालमा झण्डै ९० अर्ब रुपैयाँ लगानी गर्ने

कार्तिक ३०,काठमाडौँ । अन्तर्रा्ष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा झण्डै ९० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।
आईएफसीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालमा निजी क्षेत्रमार्फत् झण्डै ९० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको हो । आईएफसीकी नेपाल, भारत र भुटान निर्देशक वेन्डी वेर्नरले त्यो लगानी नेपालको पर्यटन, कृषि र पूर्वाधार तथा प्रविधिको विकासमा लगाउने पनि स्पष्ट पारे ।

आईएफसीको त्यो लगानी नेपालको दिगो विकासका लागि खर्च गरिनेछ । निर्देशक वेन्डीले नेपालमा स्थिर सरकार निर्माण भएकाले लगानीको वातावरण बन्दै गैरहेको पनि बताए ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानीका लागि उचित वातावरण बनिरहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न दाताहरुलाई आग्रह गरेका थिए । उनले लगानीका लागि उचित वातावरण बनाउन नेपाल सरकारले पूर्वाधार विकासमा जोड दिएको पनि बताए । अर्थमन्त्री खतिवडाले मुलुकको दिगो आर्थिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयारी रहेको पनि बताए ।

संम्बन्धित समचार

Leave a Reply