भोलीदेखि मौसम बिग्रने

फागुन, १२, काठमाडौं । आज देशको विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली रही देशभर सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि भने देशभर मौसममा बदली हुनेछ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश(१ का धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने महाशाखाले जनाएको छ ।

यस्तै, यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको छ । भोलि राति पनि देशका विभिन्न भूभागमा पानी पर्ने तथा पर्सि पनि पश्चिमी वायुको प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना छ । तर, पर्सि पानी भने केही कम पर्ने पूर्वानुमान छ ।

संम्बन्धित समचार

Leave a Reply