प्रदेश–१ को प्रदेशसभा बैठक बस्दै

फागुन १५, काठमाडौं । प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश नामकरणको विषयमा साझा र सहमतिको प्रयास हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

सरकाले प्रदेशसभामा पेस गर्ने कुनै बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि बस्न सकेको थिएन । मुख्यमन्त्री राजेन्द्रकुमार राईले गत मंसिर १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

अन्य ६ वटा प्रदेशले नामकरण गरिसक्दा प्रदेश १ ले नाम टुंगो लगाउन सकेको छैन । हरेक प्रदेश सभाले आफ्नो प्रदेशको नाम र राजधानीबारे आफै निर्णय गर्न सक्ने संवैधानिक व्यवस्था भएपनि दल र नेताहरुको आ–आफ्नै अडान र आफू अनुकुल निर्णय गराउने प्रयत्नका कारण नामकरणमा कठिनाई भएको छ ।

त्यस्तै प्रदेशसभा बैठकमा प्रदेश सरकार ऐन संशोधन विधेयक र प्रदेश अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयकमा छलफल हुने प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले बताए ।

 

संम्बन्धित समचार

Leave a Reply