कोरोनापछि पर्यटन क्षेत्र विस्तारै उकासिदै, फेब्रवरी महिनामा आए झन्डै २० हजार जना पर्यटक

फागुन १९,काठमाडौँ । गएको अंग्रेजी महिनामा झन्डै २० हजार जना पर्यटक नेपाल आएका छन् । गएको महिनामा नेपालमा विभिन्न देशबाट १९ हजार सात सय ६६ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यो गएको वर्षको फेब्रुअरीको तुलनामा एक सय १६ प्रतिशतले धेरै हो । सबैभन्दा धेरै भारतबाट पाँच हजार नौ सय ९८ जना पर्यटक नेपाल आएका छन् । यस्तै अमेरिकाबाट तीन हजार एक सय ९५ जना र बेलायतबाट दुई हजार दुई सय १७ जना पर्यटक आएका छन् ।

समग्रमा युरोपबाट गएको महिना चार हजार आठ सय १३ जना पर्यटक आएका छन् भने अमेरिकी देशबाट तीन हजार ६ सय १४ जना पर्यटक आएका छन् । एसियाली देशबाट नौ सय पाँच जना मात्रै आएका छन् ।

यो वर्षको पहिलो महिना जनवरीमा १७ हजार जना पर्यटक नेपाल घुम्न आएका थिए । भारतबाट हवाई मार्ग हुँदै आउने भारतीयलाई नेपालले पर्यटकको रूपमा गणना गर्दै आएको छ ।

संम्बन्धित समचार

Leave a Reply