नेपाल वार एसोसिएसनको निर्वाचन प्रकृया शुरु, ९ हजार ५८८ जनाले मतदान गर्ने

फागुन २०,काठमाडौँ । नेपाल वार एसोसिएसनको निर्वाचन प्रकृया शुरु भएसँगै अन्तिम नामावली प्रकाशन भएको छ । बारको निर्वाचनमा देशैभरबाट ९ हजार ५८८ जनाले मतदान गर्ने भएका छन् ।

निर्वाचनमा सोलुखुम्बु इलाम, अछाम र दार्चुला बारका ३/३ जना सहभागी हुनेछन् भने सबैभन्दा धेरै ललितपुरबारबाट दुई हजार २०५ जना अधिबक्ताले मतदानमा भाग लिनेछन् । बारको २६ औं अधिवेशनबाट केन्द्रीय समिति चयनका लागि फागुन १० गते देखि निर्वाचन प्रकृया शुरु भएको कोषाध्यक्ष रुद्रप्रसाद पोख्रेलले जानकारी दिए । २०७८ चैत १९ गते बारले अध्यक्ष, आठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, १४ सदस्यका लागि निर्वाचन गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।

अधिवेशनसँगै आउने नयाँ नेतृत्वका लागि न्यायलय भित्र भएको विकृति, विसङ्गतिविरुद्ध अवर्को मुख्य मुद्दा बन्नु पर्ने आवाजसहित वारको नेतृत्व चयन प्रक्रिया अघि बडेको नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र थापामगरले बताए ।

तालिका अनुसार फागुन २३ गते उम्मेदवारी दर्ता हुनेछ । बारले देशभरबाट निर्वाचनका लागि ३५ वटा मतदान केन्द्र तोकेको छ । २०७८ चैत १९ गते देशैभरबाट मतदान गरी नयाँ कार्यसमिति गयन गर्ने जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply