ताप्लेजुङको कोप्चे बजारमा आगलागी: एक वृद्धाको मृत्यु, दुई घर जलेर नष्ट

फागुन २७,ताप्लेजुङ । फुङलिङमा रहेको कोप्चे बजारमा लागेको आगलागीमा एक वृद्धाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आगलागीबाट दुई वटा घर जलेका छन् ।

आगलागीबाट घाइते भएकी मैवाखोला गाउँपालिका घर भइ रविन आङ्बुहानको घरमा डेरा गरी बस्ने ६७ वर्षीया वृद्धा जुलीमाया लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा ज्यान गएको हो । घाइते १६ वर्षीया रविना लिम्बुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट स‌ङ्गीता मादेनको घर पूर्णरूपमा जलेको छ भने रविन आङ्बुहानको घरमा आंशिक क्षति पुगेको छ ।

स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको प्रजिअ पोखरेलले बताए । कोप्चे बजारमा बिहान ८ बजेदेखि आगलागी भएको थियो।

संम्बन्धित समचार

Leave a Reply