आँबुखैरेनीमा बस र जीप ठोक्कियो, ३ जनाको मृत्यु, १० जना घाइते

फागुन २९,काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका दुई ऐनापहरामा आज आइतवार दिउँसो बस र जीप ठोक्किँदा मृत्यु भएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको भएपनि उनीहरूको परिचय खुलेको छैन ।

घाइतेहरुलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिए ।

मुग्लिनङबाट आँबुखैरेनीका लागि छुटेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको जीप एकआपसमा ठक्कर खाएको थियो । मृत्यु हुनेमा बसका हुन् या जीपका भन्ने खुलेको छैन ।

संम्बन्धित समचार

Leave a Reply