चिसो बढ्दै, काठमाडौंको तापक्रम ६ डिग्री !

मंसिर २, काठमाडौं । तापक्रम घट्दै गएपछि चिसो बढ्दै छ । आइतबार बिहानको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

शनिबार बिहान ६ दशमलव ३ डिग्री रहेको काठमाडौं उपत्यकाको तापक्रम पौने ९ बजेपछि ६ डिग्रीमा झरेको थियो । अहिले काठमाडौँ उपत्यकाको मौसम सफा छ ।

बिहान केही ठाउँमा हल्का कुहिरो लागेपनि अहिले भने उपत्यकाका धेरैजसो ठाउँमा घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले पश्चिमका केही जिल्लामा हल्का पानी पर्नसक्ने र हिमाली जिल्लामा हिमपात हुनसक्ने सम्भावना रहेको मौमसविद शान्ति कँडेलले जानकारी दिए ।

पश्चिमी वायुको प्रभाव पूर्वतिर पनि सरेकाले दिउँसो काठमाडौँ उपत्यकामा पनि आंशिक बदली हुने उनले बताउनुभयो ।

संम्बन्धित समचार

Leave a Reply