प्रचण्डले भने–’सुदूरपश्चिम सरकारमा काँग्रेसलाई सहभागी गराउने सहमती हुन्छ’

फागुन ३०,धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसलाई सहभागी गराउने विषयमा छलफल सुरु भएको छ । कैलालीको धनगढीमा आज बिहान पत्रकारहरूसँग कुराकानीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि यस विषयमा गठबन्धनभित्र छलफल भएको बताएका हुन् ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काँग्रेस उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए । छलफलमा काँग्रेसले निर्वाचन आउँदै गर्दा सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिता खोजेको प्रचण्डले बताए ।

‘सबै प्रदेशमा गठबन्धनका पार्टीहरूको सहमतिबाटै सरकार बनेको छ । सबैको प्रतिनिधित्व पनि छ । सुदूरपश्चिममा नेपाली काँग्रेसको प्रतिनिधित्व छैन,’ उनले भने, ‘सुदूरपश्चिममा मन्त्रिमण्डल पुनर्गठन गर्ने र नेपाली काँग्रेसलाई सहभागी गराउने कुरा उठेको छ । हामीले गम्भीर ढंगले छलफल गरौं ।’

संम्बन्धित समचार

Leave a Reply