२०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट थाल्ने निर्णय

चैत्र २,काठमाडौँ । सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट थाल्ने निर्णय गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार आगामी चैत मसान्तसम्म पठनपाठन हुने र वैशाखमै परीक्षा र नतिजा प्रकाशन गर्नुपर्नेछ ।

जेठ १ गतेदेखि कक्षा सञ्चालन गर्नका लागि नयाँ भर्ना वैशाखमै थाल्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आग्रह गरेको छ । कतिपय विद्यालयले चैतमै विद्यालयको अन्तिम परीक्षा सञ्चालन गर्ने गरी सूचना निकालेको गुनासो आएकाले चैत्र महिनाभर शिक्षण सिकाइ क्रियाकलाप गर्न आग्रह गरिएको छ ।

सो को अनुगमन जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइले गर्नुपर्ने जनाइएको छ । चैतमा परीक्षा सञ्चालन गर्दा बालबालिकाको पढाइ प्रभावित हुने भएकाले विद्यालय तहका परीक्षाका कार्यतालिकाहरु नराख्न र अन्य प्रतियोगितात्मक कार्यहरुको पनि वैशाखमा मात्र आयोजना गर्न आग्रह गरिएको हो।

संम्बन्धित समचार

Leave a Reply