परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

चैत्र १५,काठमाण्डौ – परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र भारतीय समकक्षी डाक्टर एस जयशंकरबीच भेटवार्ता भएको छ । बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय बैठकको क्रममा श्रीलङ्काको राजधानी कोलम्बोमा आज मङ्गलवार मन्त्री खड्का र जयशंकरबीच भेटवार्ता भएको हो ।

भेटवार्ताबारे ट्वीट गर्दै भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री खड्कासँगको कुराकानी फलदायी रहेको बताएका छन् ।

कनेक्टिभिटी, ऊर्जा, कृषि र स्वास्थ्यलगायतका विषयमा कुराकानी भएको उनले बताए।  यस्तै रामायण सर्किटको प्रगतिमा ध्यान दिन दुवै देश सहमत भएका पनि भारतीय विदेशमन्त्री जयशंकरले उल्लेख गरेका छन ।

संम्बन्धित समचार

Leave a Reply