पेट्रोल पम्पमा देखिएको लामो लाइन हट्यो

चैत्र २१,काठमाडौँ । केही दिनदेखि पेट्रोल पम्पमा देखिएको लामो लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपछि पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो ।

निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच गएको शनिवार पेट्रोलियम पदार्थको बिक्रीरवितरण सहज बनाउने सहमति भएको थियो । सहमति भएपछि पेट्रोलियम बिक्रेताले निगमको डिपोबाट पेट्रोलियम पदार्थ उठाएका थिए । पेट्रोलियम बिक्रेताले कमिसन वृद्धिको माग गर्दै पेट्रोलियम पदार्थको बिक्रीरवितरण रोकेका थिए ।

पेट्रोलियम बिक्रेताले इन्धनको बिक्रीरवितरण बन्द गर्दा देशभर इन्धनको हाहाकार देखिएको थियो । सरकारी स्वामित्वका पम्पमा सवारी साधनको लामो लाइन लागेको थियो । निगम र व्यवसायीबीच सहमति भएपछि हिजो आइतवार बिहानदेखि पम्पले पेट्रोलियम पदार्थ उठाउन थालेका थिए । निगमले आइतवार एक हजार ६ सय किलोलिटर पेट्रोल र एक हजार एक सय किलोलिटर डिजल बजारमा पठाएको थियो ।

आज सोमवार एक हजार एक सय किलोलिटर डिजल र पेट्रोल डिपोबाट वितरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । पेट्रोलियम पदार्थको बिक्रीरवितरण सहज भएसँगै पेट्रोल पम्प खाली देखिएका छन् । इन्धन भर्न कुनै पनि पम्पमा लाइन बस्नुपर्ने अवस्था नरहेको उनले बताए ।

निगम र समन्वय समितिबीच पेट्रोलियम बिक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागका सम्बन्धमा आउँदो जेठ १५ गतेसम्ममा सक्ने सहमति भएको थियो । कमिसन र ढुवानी भाडा वृद्धिको माग गर्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले आन्दोलन सुरु गरेको थियो ।

निगमले अघिल्लो महिना पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को नोक्सानी रहेको भन्दै मूल्य बढे पनि बिक्रेताले कसिमन भने नबढाउने निर्णय गरेको थियो । व्यवसायीले डिजलरपेट्रोल र मट्टीतेलको बिक्रीबाट प्रतिलिटरको मूल्यबाट ३ दशमलव ३९५ प्रतिशत कमिसन पाउँदै आएका छन् ।

संम्बन्धित समचार

Leave a Reply