देशले फेरि एमालेकाे नेतृत्व खोज्यो: नेता सरावगी

चैत्र २२, काठमाडौ । वीरगञ्ज । नेकपा एमालेका नेता एवं वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले देशले फेरि एमालेकाे नेतृत्व खाेजेकाे बताएका छन् ।

नेकपा एमाले पर्साले मंगलबार वीरगञ्जमा आयाेजना गरेकाे पार्टी प्रवेश एवं बृहत जनसभामा बाेल्दै सरावगीले देश,जनता र विकासका लागि फेरि पनि केपी ओली नेतृत्वमा आउनुपर्ने बताए ।

केपी शर्मा ओली नेतृत्वकाे सरकारले गरेका काम र केपी ओलीकाे विकासकाे भिजन देखेर नै आफू केही दिन अगाडि एमाले प्रवेश गरेकाे उनले बताए । एमालेले अघि सारेकाे समृद्ध नेपाल सुखी नेपाली अभियानमा सरिक हुन सरावगीले नेता-कार्यकर्तालाई आग्रह गरे ।

विभिन्न दलले मधेशकाे विकास गर्छाैं भनेर आश्वासन देखाएका तर एमालेले काम गरेर देखाएकाे उनले बताए । यद्यपि एमालेले मधेशकाे विकासका लागि अघि सारेका काम पूरा गर्न बाँकी रहेका पनि उनले बताए । ‘मधेशकाे विकास गर्ने पार्टी एमाले हाे, देशकाे विकास गर्ने पार्टी एमाले हाे’- उनले भने ।

एमालेले सरकारमा छँदा नागरिकता सम्बन्धी समस्या समाधान गर्न खाेजेपनि विराेधीहरुले राेकेका उनले बताए। आगामी दिनमा एमालेले नै साे समस्या समाधान गर्ने विश्वास उनले व्यक्त गरे ।

मधेश प्रदेशका मुख्यमन्त्रीले वीरगञ्ज महानगरलाई याेजनाहरु नदिएकाे गुनासाे पनि उनले गरे ।

संम्बन्धित समचार

Leave a Reply