गण्डकीका मन्त्री दीपक मनाङेले कर्मचारी कुटे !

चैत्र २३,काठमाडौँ । गण्डकी पदेशका खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि कुटपिट गरेका छन् ।

मनाङेले हिजो मङ्गलवार कार्यालय छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझामाथि कुटपिट गरेका हुन्। घटनाको कारणबारे आधिकारिक जानकारी बाहिरिएको छैन । कुटपिटबारे मन्त्रालयकै कर्मचारी खुलेर बोल्न मानेका छैनन् ।

कुटिएका कर्मचारी ओझाको मोबाइल स्विच अफ छ । ओझा अस्पतालमा उपचाररत रहेका जानकारी प्राप्त भएको छ । मन्त्री मनाङेले पनि यस विषयमा बोल्न मानेनन् ।

युवा स्वरोजगारसम्बन्धी कार्यविधि निर्माण गर्ने क्रममा विवाद भएपछि मन्त्रीले हात हालेको बताइएको छ । डेढ वर्षअघि पनि मनाङेले कास्की एन्फा अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए । तत्कालीन समयमा उनलाई प्रहरीले पक्राउ गरेर धरौटीमा रिहा गरेको थियो ।

संम्बन्धित समचार

Leave a Reply