पोखरामा प्रबुद्ध नागरिक गोष्ठी सम्पन्न

चैत्र २७, पोखरा । हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्धारा प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम सम्पन्न भएको छ ।
अभियान, पोखरा कास्की० को आयोजनामा भएको सो कार्यक्रममा सर्वोच्च अदालतका पुर्व प्रधानन्यायधिश गोपाल पराजुलीले हिन्दूधर्मको रक्षाका लागि हिन्दूहरु स्वयम जागरुक हुुनपर्नेमा जोड दिनुभएको छ । धर्म निरिपक्षताले नेपाली समाजलाई विभाजन गरेकाले यो हिन्दूधर्माबलम्बीहरुका लागि धोका भएको उनको भनाई छ ।

पुर्व प्रधानन्यायधिस पराजुलीले सवैलाई बन्धुुत्वको भावले समेट्ने हिन्दूधर्मलाई आधार मानी राष्ट्रलाई हिन्दूराष्ट्रको पहिचानको रुपमा विकास गर्न सुझाव दिएका थिए ।
नेपाल प्रहरीका पुर्व प्रहरी अतिरिक्त महानिरिक्षक तथा अभियानका केन्द्रिय सदस्य कल्याण तिम्सिनाले हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियान नेपालको अस्तित्वसँग जोडिएको अभियान भएकाले हिन्दूहरुलाई जागरुक, संगठित र सचेत बनाउँदै नेपाललाई हिन्दू राष्ट्र बनाउन अभियान सुरु भएको उनले बताए ।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न र हिन्दू धर्मालम्वीहरुमा हिन्दूत्व प्रतिको गौरवभाव पुर्णजागरण गर्न देशभर अभियान सञ्चालन गरेको अभियानका संयोजक रुक्माङ्गद कटवालले गोष्ठीलाई भिडियो सन्देश मार्फत सम्बोधन गर्दै जानकारी दिएका छन् । अभियान गैर राजनितिक भएकाले उनले सवै यस अभियानमा जोडिन आग्रह गरेका छन् ।

कार्यक्रममा संयोजक उद्योगी व्यवसायी सुशिल कुमार गोशली, अथिती लिलाभक्त आचार्य, कार्यक्रम सहसंयोजक सावित्री शर्मा पौडेल लगायतले कार्यक्रममा वोल्दै अवको आवश्यकता हिन्दूराष्ट्र नै एक मात्रै विकल्प भएको धारणा राखेका थिए ।

संम्बन्धित समचार

Leave a Reply