‘चुनावी तालमेलको खाका आज साँझसम्ममा तयार हुन्छ’ : अध्यक्ष प्रचण्ड

बैशाख ३,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनकातर्फबाट चुनावी तालमेलको टुङ्गो भोलि (आइतबार)सम्ममा लागिसक्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज शनिबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले आजै (शनिबार) साँझसम्ममा खाका तयार हुने बताए ।

उनले गठबन्धनमा केही समस्या नहुने दाबी गर्दै भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्मा एउटा टुंगोमा पुग्छौं ।’

निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद बहस हुने भन्दै उनले दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक रहेको बताए ।

भरतपुर महानगरका विषयमा छलफल के भएको छ भन्ने प्रश्नमा उनले छलफल भइरहेको जानकारी दिए । गठबन्धनबाट उम्मेदवार टुङ्ग्याउन सकस भइरहेको छ नि रु भन्ने प्रश्नमा उनले भने, ‘आरामसँग टुंङ्गिन्छ ।’

संम्बन्धित समचार

Leave a Reply