धादिङमा गठबन्धन दलबीच पालिका भागबन्डामा सहमति जुट्यो

बैशाख ४, धादिङ । सत्तारुढ गठबन्धनका तीन दलहरूबीच स्थानीय तह बाँडफाँडमा सहमति जुटेको छ ।

आइतबार जिल्ला सदरमुकाम धादिङबेसीमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शिर्ष नेताहरुको बैठकले १३ स्थानीय तहको प्रमुख पदको सहमति नजिक पुगेका हुन् ।

जसमा कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तहको नेतृत्व लिनेबारे सहमति भएको एकीकृत समाजवादीका सचिव सुवास खतिवडाले बताए । उनको अनुसार कुन तहको कसले लिने भन्ने भने सहमति भने भएको छैन । यो बिषयमा पनि गम्भीर छलफल भैरहेको उनको भनाइ छ । देशका अन्य जिल्लामा गठबन्धन दलहरूबीच विवाद भइरहेको बेला धादिङका नेताहरुले चुनावी भागबन्डालाई मिलाउन सफल भएका हुन ।

संम्बन्धित समचार

Leave a Reply