आजदेखि वीणा उल्का वर्षा सक्रिय हुने

बैशाख ५,काठमाडौँ । आजदेखि वीणा उल्का वर्षा सक्रिय हुने भएको छ ।

आजदेखि १२ गतेसम्म वीणा उल्का वर्षा सक्रिय हुने र मौसमले साथ दिए आउँदो शुक्रवार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उनकाअनुसार शुक्रवार राति ९ बजेदेखि सूर्योदयसम्मको समयमा उल्का वर्षाको दृश्य हेर्न सकिनेछ ।

अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिने उनले बताए । थ्याचर नामक पुछ्रेताराले छोडेका धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भइ जलेर नष्ट हुँलो उल्का वर्षा देखिने खगोलविद् भट्टराईले बताए ।

थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४ सय १५ वर्ष लगाउँछ । पुछ्रेतारा वा धुमकेतुहरूले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलोका कणहरू छोड्ने गर्छन्, जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन्। यसरी फैलिएका धूलोका कणहरूले सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन् ।

परिक्रमा गर्ने क्रममा जब यी धुलोका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् त्यतिबेला उल्का देखिने भट्टराईले बताए । उनले यस्तो दृश्यमा १० वा त्योभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भनिने जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply